Rule 18
नाम, थर, जन्म मिति, उमेर आदि विवरण सच्याउन दरखास्त दिनु पर्ने
(१) नियम १६ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै मतदाताको नाम, थर, जन्म मिति, उमेर वा त्यस्तै अन्य विवरणमा कुनै त्रुटि भएमा वा हेरफेर गर्नु पर्ने भएमा सो सच्याउन मतदाता आफंै वा निजको परिवारको कुनै सदस्यले कार्यक्रममा उल्लिखित समयावधि भित्र जन्म दर्ता, विवाह दर्ता, बसाइँ सराइ लगायत अन्य सम्वद्ध प्रमाण संलग्न गरी अनुसूची–७ बमोजिमको ढाँचामा सहायक नाम दर्ता अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएमा सहायक नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा त्यस्तो त्रुटि सच्चाउनु पर्ने देखिएमा नियम १६ बमोजिम प्रकाशन भएको नामावलीमा त्यस्तो त्रुटि सच्चाई संशोधित मतदाता नामावली तयार गर्नेछ ।